न्यूयोर्कमा अप्रिल १२ देखि १८, २०२० सम् दोश्रो मिथिला महोत्सव आयोजना गर्न लागेको जानकारी गराउन पाउंदा म अत्यन्त हर्षित छु । साथै, संयुक्त राष्ट्र संघको दीगो विकासको लक्ष्यलाई मिथिला कलाचित्रव्दारा नियमित रूपमा प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप यो वर्ष Mithila Heritage: Art for SDGs” (मिथिला सम्पदा: दीगो विकासका लागि कला) शीर्षक अन्तर्गत SDGs Goal 1 (No Poverty) & 2 (Zero Hunger) दीगो विकासको लक्ष्य नं १ (गरिवीरहित) र नं २ (भोकरहित) लाई केन्द्रको रूपमा राखेर मिथिला कलाचित्र प्रदर्शनी गरिनेछ । यसर्थ सवै इच्छुक कलाकारहरूलाई उनीहरूको श्रृजनालाई उक्त २ शीर्षकमा केन्द्रीत गर्न हामि अनुरोध गर्दछौं ।

सन् २०१९ अप्रिलमा मिथिला महोत्सव आयोजनाको साथै संयुक्त राष्ट्र संघको मूख्यालयमा “Arts for SDGs: the Mithila Heritage” शीर्षक सहित मिथिला कला प्रदर्शनीको आयोजना गरिएको र यस किसिमको प्रदर्शनीले मिथिला सम्पदाको सम्बर्द्धन गर्न थप प्रेरणा मिलेको छ । मिथिला संस्कृति दक्षिण एशियाको नैं एक त्यस्तो संस्कृति हो, जुन नेपाल तथा भारतको वर्षौ देखिको सांस्कृतिक चिनारी बनेको छ र यसलाई दुवै देशका नागरिकहरूले संयुक्त रूपमा अवलम्बन गरि आएका छन् । नेपालकी पुत्री सीता र अयोध्याका युवराज रामको विवाहका कारण विश्वमा रहेको सवै हिन्दू धर्मावलम्बीहरूका लागि यो संस्कृति तथा राम र सीता प्रिय रहेका छन् । राम र सीताको विवाह पश्चात् यो धार्मिक तथा सामाजिक-सांस्कृतिक संस्कृतिलाइ समुन्नत बनाउन दुबै देशका नागरिकहरू ठूलो योगदान गरेका छन्।

मिथिला क्षेत्र यसको सुन्दर कलाका कारण विश्वव्यापी रूपमा प्रसिद्ध रहेको छ। स्थानीय र अन्तर्राष्ट्रिय कलाको क्षेत्रमा मिथिला कला प्रसिद्ध भएका छन् । हालै मिथिला चित्रकलाहरू लाई समकालीन तथा संग्रहयोग्य कलाका रूपमा बुझ्न थालिएको छ, जसमा महिला तथा पुरूप कलाकारहरू व्दारा माटोले बनेका घरको भित्ताहरूमा कोरिरहेका  कलाहरू प्रसिद्ध छन् ।  यिनै विशेषताका कारण आजकल  मिथिला कलाचित्रहरू विश्वभरीका ग्यालरीहरूमा प्रदर्शन गरिन्छन् साथै त्यो यि कलाचित्रहरूले ग्रामीण समुदायका विपन्न महिलाहरूका लागि उद्योगको मार्ग खोलेका छन् ।

प्रथम मिथिला महोत्सवको अवसरमा न्यूयोर्क सिटी काउन्सिलका सदस्यले मिथिला संस्कृति र महोत्सव दिनलाइ निकट भविष्यमै मिथिला कला तथा संस्कृति दिवसको रूपमा घोषणा गर्ने कुरा आव्हान गर्नुभएको थियो । यसर्थ, यो वर्षको मिथिला महोत्सव न्यूयोर्क शहरव्दारा औपचारिक रूपमा मिथिला संस्कृति र महोत्सवको घोषणाको रूपमा मनाइने छ । 

दोश्रो मिथिला महोत्सव अमेरिका, कला र संस्कृतिको प्रदर्शन आयोजना गर्नका लागि तपाइको सहभागिता, सहयोग र समर्थनको लागि अनुरोध  गर्दछु ।

धन्यवाद ।

leave a comment

Kids Art Workshop, Exhibition, and Award 2024

X